सानिमाको शाखा महाराजगञ्जमा

Post Date : July 9, 2017 | 4:25 pm

काठमाडौँ, २५ असार । सानिमा बैंक लिमिटेडले २०७४ असार २३ गते शुक्रबार काठमाडौँको महाराजगञ्जमा ४६ अौँ शाखा कार्यालय स्थापना गरीे बैंकिङ्ग सेवा बिस्तार गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका ब्य्रान्ड प्रवर्द्धक कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) द्वारा संयुक्त रुपमा भयो ।

उक्त समारोहमा सानिमा बैंकका संचालक डा. सुवर्णदास श्रेष्ठले मन्तव्य व्यक्त गर्दै समस्त ग्राहक वर्गको थप सेवा तथा सुविधाका लागी सानिमा बैंकले शाखा विस्तार गर्दै जाने नीति लिएको बताउनु भयो । त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालद्वारा बैंकका ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा सहयोगका लागि कृतज्ञता व्यक्त गर्दै यस महाराजगञ्ज शाखाबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पुरयाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उक्त समारोहमा मह जोडीले महाराजगञ्जमा सानिमा बैंक संचालनमा आएकोमा महाराजगञ्जवासीहरुलाई बधाईका साथै बैंकलाई समेत बधाई ज्ञापन गर्दै सानिमाको सफलता तथा सबल अनि विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन शुभकामना व्यक्त गर्नु भएको कुरा बैंकद्वारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ ।

सानिमा बैंकको हाल मेचीदेखि महाकाली तथा सातै प्रदेशमा गरी ४६ वटा शाखा तथा ५३ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *