सानिमा क्यापिटलको धितोपत्र कारोवार सुरु

Post Date : September 5, 2016 | 2:15 pm

काठमाडौं, २० भदौ । सानिमा बैंकको पूर्ण स्वामित्वमा स्थापित सानिमा क्यापिटल लिमिटेडले धितोपत्र कारोवार सुरु गरेको छ । नेपाल धितोपत्र बोर्डबाट अनुमती प्राप्त भएसँगै सानिमा क्यापिटलले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रार, लगानी व्यवस्थापन, धितोपत्र निक्षेप सदस्य जस्ता सेवा दिन सक्ने जनाएको छ ।

सानिमा क्यापिटलले नियमनकारी निकायको स्वीकृति लिई निकट भविष्यमै सामूहिक लगानी कोषको योजना व्यवस्थापक तथा कोषको निक्षेप सदस्यको कार्य गर्ने योजना रखेको छ ।

चुक्ता पूँजी ११ करोड रुपैयारहेको सानिमा क्यापिटल लिमिटेडको अध्यक्षमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल, संचालकहरूमा तेजबहादुर चन्द, निश्चलराज पाण्डे, सरोज गुरागाई र श्रीप्रसाद पौडेल रहनु भएको छ । प्रमुख कार्यकारी अधिकृतमा मनिषनारायण जोशी नियुक्त हुनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *