सानिमा क्यापिटलको प्रबन्धकत्वमा निष्काशन गरिएको सिनर्जी पावरको शेयर बाँडफाँड

Post Date : February 16, 2017 | 10:37 pm

काठमाडौँ, ५ फागुन । सानिमा क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशन गरिएको सिनर्जी पावर डेभलपमेण्ट लिमिटेडको रु १००/— अंकित दरको २१,००,००० कित्ता साधारण शेयरहरुमध्ये सामूहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात १,०५,००० कित्ता र निष्काशनकर्ता संस्थाका कर्मचारीहरुका लागि ३ प्रतिशत अर्थात ६३,००० कित्ता बाँडफाँड गरी बाँकी रहेको १९,३२,००० कित्ता शेयरहरु मिति २०७३/०९/०८ देखि मिति २०७३/०९/१३ सम्म सर्वसाधारणमा खरिद आह्वान गरिएकोमा जम्मा १,०१,९०० जना आवेदकहरुबाट जम्मा ६,५१,४५,५३१ कित्ताको लागि शेयर आवेदन प्राप्त भएकोमा साना लगानीकर्ता समूहमा माग भन्दा ३२.८१ गुणाले बढी माग हुन आएकोले साना लगानीकर्ताको समूहमा आवेदन गर्ने आवेदकलाई आवेदन गरेको शेयर कित्तालाई ३२.८१ ले भाग गर्दा आउने संख्या अनुसार राउण्डअप गरि ५५,११६ जना आवेदकलाई ५ लाख ५६ हजार ६ सय ९५ कित्ता शेयर बाँडफाँड गरियो । साथै अन्य लगानीकर्ता समूहमा माग भन्दा ३४.१० गुणाले बढी माग हुन आएकोले अन्य लगानीकर्ताको समूहमा आवेदन गर्ने आवेदकलाई आवेदन गरेको शेयर कित्तालाई ३४.१० ले भाग गर्दा आउने संख्या अनुसार राउण्डअप गरि १३,८८३ जना आवेदकलाई ११ लाख ५८ हजार ६ सय ७८ कित्ता शेयर बाँडफाँड गरेको प्रेस विज्ञप्तीमार्फत जनाएको छ ।

यसरी शेयर बाँडफाँड गर्दा साना लगानीकर्ता समूहलाई ३.०४७ प्रतिशत र अन्य लगानीकर्ता समूहलाई २.९३ प्रतिशत शेयर बाँडफाँड हुने समेत जनाएको छ ।

साना लगानीकर्ता समूहमध्ये ५० कित्ता देखि ३१० कित्ता समूहमा आवेदन गर्नेे आवेदकहरुको हकमा आवेदन गरेको शेयर कित्तालाई गोलाप्रथाबाट न्यूनतम १० कित्ता तथा ३२० देखि ५०० तथा ५१० देखि २१००० कित्तासम्म माग गर्ने आवेदकहरुमध्ये साना लगानीतर्फ ३.०४ प्रतिशत तथा अन्यको हकमा २.९३ प्रतिशतका दरले वाँडफाँड गरेको जनाएको छ ।

साथै, सामूहिक लगानी कोषलाई छुट्टाइएको १,०५,००० कित्ता शेयर र कर्मचारीहरुलाई छुट्टाइएको ६३,००० कित्ता शेयर समेत बाँडफाँड गरेको प्रेस विज्ञप्तीमार्फत जनाएको छ ।

बाँडफाँडको नतिजा सानिमा क्यापिटल लि.को बेवसाइट www.sanima.capital बाट प्राप्त गर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *