सानिमा बैंकको चार नयाँ शाखाहरु

Post Date : January 29, 2018 | 9:24 pm

काठमाडौँ, १५ माघ । सानिमा बैंक लिमिटेडले यही माघ १४, २०७४ मा पोखराको अमरसिंह, बगर र बिरौटा साथै माघ १५, २०७४ मा दाङ्गको तुलसीपुर गरी ४ वटा नयाँ शाखा कार्यालय स्थापना गरीे बैंकिङ्ग सेवा थप बिस्तार गरेको छ । पोखराको शाखा कार्यालयहरु उद्घाटन सानिमा बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठ तथा ब्रान्ड प्रवर्द्धक कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) द्वारा संयुक्त रुपमा भयो भने दाङ्गको तुलसीपुर शाखा कार्यालय उद्घाटन सानिमा बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठ तथा बरिष्ठ कलाकार हरिवंश आचार्यद्वारा संयुक्त रुपमा भयो ।

उद्घाटन समारोहमा सानिमा बैंकका अध्यक्षले स्वागत मन्तव्य व्यक्त गर्दै समस्त ग्राहक वर्गको थप सेवा तथा सुविधाका लागी सानिमा बैंकले शाखा बिस्तार गर्दै जाने नीति लिएको बताउनु भयो । त्यसै गरी सानिमा बैंकका अध्क्षयले बैंकका ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै अमरसिंह, बगर, बिरौटा र तुलसीपुर शाखाबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पुरयाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उद्घाटन समारोहमा मह जोडीले पोखरामा थप शाखा संचालनमा आएकोमा पोखरावासीलाई बधाईको साथै बैंकलाई समेत बधाई ज्ञापन गर्दै सानिमाको सफलता तथा सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन शुभकामना व्यक्त गर्नु भयो ।

सानिमा बैंकको हाल ५१ शखा, १ एक्सटेन्सन काउन्टर र ६० ए.टि.म. रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *