सानिमा बैंकको नाफा एक अर्बभन्दा माथि

Post Date : July 31, 2016 | 8:59 am

काठमाडौं, १६ साउन । सानिमा बैंक पनि पहिलो पटक एक अर्ब रुपैया कमाउने बैंकहरूको सूचीमा समावेश भएको छ । बैंकले आ.व. २०७२/७३ मा १ अर्ब ४ करोड ५५ लाख रुपैया खुद मुनाफा गरेको छ । अघिल्लो आ.व. २०७१/७२ मा बैंकले ६२ करोड ४१ लाख रुपैया कमाएको थियो । जुन आ.व. २०७१/७२ को भन्दा आ.व. २०७२/७३ को खुद मुनाफा ६७.४६ प्रतिशत बढेको छ ।

बैंकले आ.व. २०७२/७३ को असार मसान्तसम्म ४६ अर्ब ४२ करोड ३३ लाख रुपैया निक्षेप संकलन गरेको छ भने ४० अर्ब ४४ करोड १८ लाख रुपैया कर्जा प्रवाह गरेको छ । जुन अघिल्लो आ.व. को कर्जा भन्दा ४२.८५ प्रतिशत ले बढी हो ।

बैंकको खराब कर्जा ०.०२ प्रतिशत रहेको छ । संभवत बैंकहरूमा यो खराब कर्जा नै सबैभन्दा कम हुन सक्छ ।

बैंकको चुक्ता पूँजी ४ अर्ब २ करोड २० लाख रुपैया रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *