सानिमा बैंकको निःशुल्क आश्बा सुविधा

Post Date : May 16, 2017 | 12:21 pm

काठमाडौँ, २ जेठ । सानिमा बैंक लिमिटेडलाई नेपाल धितोपत्र बोर्डबाट आश्बा (Application Supported by Blocked Amount) प्रणाली अन्तर्गत धितोपत्र निष्कासन हुँदाका बखत लगानीकर्ताबाट दरखास्त संकलन तथा तत्सम्बन्धी कार्य गर्न अनुमति प्रदान भएको मिति २०७३ माघ १ गतेबाट यो सुबिधा प्रदान गरिँदै आएकोमा मंगलबार, २०७४ जेठ २ गतेबाट निःशुल्क गरिएको प्रेस विज्ञप्तीमार्फत जनाइएको छ ।

साथै, यो सुबिधालाई अझ सरल तथा झन्झटरहित बनाउने उद्देश्यले यस बैंकद्वारा आफ्ना ग्राहकहरुलाई आश्बा अन्तर्गत अनलाईन शेयर आवेदन दिन सकिने सेवासमेत सुरु गरिएको जानकारी गराइएको छ । यो सुविधा बैंकमा खाता हुने ग्राहक महानुभावहरुद्वारा ईन्टरनेट बैंकिङ्ग (I-Banking) मार्फत उपयोग गर्न सकिनेछ ।

सानिमा बंैकको देशभर ४५ वटा शाखा संजाल तथा ५३ वटा ए.टि.एम. रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *