सानिमा बैंकको मह जोडीसँग सम्झौता

Post Date : February 4, 2018 | 7:59 pm

काठमाडौँ, २१ माघ । सानिमा बैंकले मह जोडीलाई ब्राण्ड प्रवर्धकका रुपमा थप दुई वर्षको लागि निरन्तरता दिने सम्झौता गरेको छ । मदन कृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य विगत ६ वर्षदेखि बैंकको ब्राण्ड प्रवर्धकका रुपमा बैंकसँग आवद्घ छन् । ‘मह’ जोडी तथा बैंकका कार्यकारी प्रमुख भुवन कुमार दाहाल बिच थप दुई वर्ष ब्राण्ड प्रवर्धकको लागि एक समारोह बिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्र हस्ताक्षर समारोहमा ‘मह’ जोडीले सानिमा जस्तो सवल अनि विश्वसनीय बैंकको प्रतिनिधि हुन पाएकोमा खुशी ब्यक्त गर्नुभयो । साथै बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले सम्पूर्ण सानिमा परिवार नै नेपालको प्रतिष्ठित कलाकारसँगको समिप्यतालाई निरन्तरता दिन पाएकोमा गौरवान्वित रहेको बताउनु भयो । उक्त सम्झौता अवधिमा मह जोडी बैंकको विभिन्न प्रवर्धनात्मक क्रियाकलाप जस्तै— टेलिभिजन कमर्सियल (टि.भि.सी), रेडियो जिङ्गल, पत्र–पत्रिका बिज्ञापन, जनमानस समक्ष उपस्थिति जस्ता कार्यमा संलग्न रहने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *