सानिमा बैंकको सात नयाँ शाखाहरु

Post Date : February 27, 2018 | 2:15 pm

काठमाडौँ, १५ फागुन । सानिमा बैंक लिमिटेडले डडेलधुराको अमरगढी, कैलालीको टिकापुर, पाल्पाको तानसेन, उदयपुरको गाईघाट, सप्तरीको राजबिराज, इलामको माई र इलाम (बजार) गरी सात वटा नयाँ शाखा कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा थप बिस्तार गरेको छ । अमरगढी र टिकापुर शाखा कार्यालय समुदघाटन बैंकका ब्राण्ड प्रवर्द्धक वरिष्ठ कलाकार हरीवंश आचार्य र संचालक भरत बहादुर थापाद्वारा संयुक्त रुपमा भयो भने तानसेन शाखा कार्यालय समुदघाटन ब्राण्ड प्रवर्द्धकद्वय मदन कृष्ण श्रेष्ठ र हरीवंश आचार्य (मह जोडी) तथा संचालक भरत बहादुर थापाद्वारा संयुक्त रुपमा भयो ।

समुदघाटन समारोहमा सानिमा बैंकका संचालक भरत बहादुर थापाले स्वागत मन्तव्य व्यक्त गर्दै समस्त ग्राहक वर्गको थप सेवा तथा सुविधाका लागि सानिमा बैंकले शाखा बिस्तार गर्दै जाने नीति लिएको बताउनुभयो । साथै, ग्राहक तथा सम्पूर्ण सरोकारवलाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै थप शाखाबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पुरयाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । समुदघाटन समारोहमा मह जोडीले नेपालको विभिन्न स्थानहरुमा थप शाखा संचालनमा आएकोमा सम्पूर्ण स्थानीयवासीहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै सानिमाको सफलता तथा सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर बिस्तार हुन शुभकामना व्यक्त गर्नुभयो ।

सानिमा बैंकको हाल ५८ शाखा, १ एक्सटेन्सन काउन्टर र ६७ ए.टि.एम. रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *