सानिमा बैंकद्घरा भिसा डोमेस्टिक क्रेडिट कार्ड जारी

Post Date : August 21, 2016 | 10:51 am

काठमाडौं, ५ भदौ । सानिमा बैंकले ग्राहक महानुभावहरुको थप सेवा र सुविधाको लागि भिसा डोमेस्टिक क्रेडिट कार्ड (VISA Domestic Credit Card) प्रयोगमा ल्याएको छ । नेपाल तथा भारतका भिसा कार्ड स्वीकार गर्ने सम्पूर्ण एटिएम र व्यापारिक केन्द्रहरुमा यो कार्ड सहज रुपमा प्रयोग गर्न सकिने छ । सीमित अवधिका लागि व्यापारिक केन्द्रहरुमा यस कार्ड प्रयोग गर्दा खरिद रकमको १०% (अधिकतम रु ५०० सम्म) रकम फिर्ता हुने योजना रहेको छ । यो योजना यही आश्विन २०७३ सम्म जारी भएका क्रेडिट कार्डले २०७३ कार्तिक मसान्त सम्म व्यापारिक केन्द्रहरुमा गरेका कारोबारहरुमा लागू हुनेछ ।

यस अघि नै बैंकले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा प्रयोग गर्न सकिने भिसा डोमेस्टिक डेबिट, डलर डेबिट तथा डलर ट्राभल कार्डहरु संचालनमा ल्याइसकेको छ । साथै निकट भविष्यमै डलर क्रेडिट कार्ड जारी गर्ने योजना रहेको छ ।

बैंकले हाल आफ्ना सम्पूर्ण शाखाहरु तथा अन्य ब्यपारीक स्थानहरुमा गरी ४७ वटा एटिएम सञ्चालनमा ल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *