सानिमा बैंकद्वारा आइएफसीसँग प्रारम्भिक कर्जा सम्झौतामा हस्ताक्षर

Post Date : May 24, 2018 | 6:05 pm

काठमाडौँ, १० जेठ । सानिमा बैंकले विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) सँग हालै कर्जा सम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेको छ । उक्त सम्झौता सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहाल र आइएफसीका आवासीय प्रतिनिधि मोहमद रेहान रसिद बिच आदान प्रदान भयो ।

यसबाट अन्तर्राष्ट्रिय बजारमा पहँुच भई भित्रिने बाह्य पूँजी, स्वदेशमा परिचालन गरी देशको उच्च आर्थिक वृद्धिमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

सानिमा बैंकको हाल ५८ शखा, १ एक्सटेन्सन काउन्टर र ६७ ए.टि.एम. रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *