सानिमा बैंकद्वारा क्रिकेटर पारस खड्का र सन्दिप लामिछानेलाई सम्मान

Post Date : February 23, 2018 | 9:55 am

काठमाडौँ, ११ फागुन । विश्वकप छनौटमा स्थानपक्का गर्न महत्त्वपूर्ण भूमिका खेलेका राष्ट्रिय टिमका कप्तान श्री पारस खड्का र श्री सन्दीप लामिछानेलाई फागुन १० गते एक समारोह बिच सानिमा बैंकले सम्मान गरेको छ । सानिमा बैंकले २०७३ श्रावणदेखि श्री सन्दिप लामिछानेलाई प्रायोजन (खेल छात्रवृत्ति प्रदान) गर्दै आएको छ ।

उक्त कार्यक्रममा सानिमा बैंकका ब्राण्ड प्रवर्द्धक श्री मदन कृष्ण श्रेष्ठ र श्री हरिवशं आचार्य (मह जोडी) ले पारस र सन्दिप दुबै जनालाई सम्मान ज्ञापन गर्दै बैंकको तर्फबाट मोमेन्टो -Memento_ प्रदान गर्नुभयो । कार्यक्रममा बोल्दै मह जोडीले नेपालको उन्नतिमा हर्ष महसूस गर्दै विश्व सामु परिचित गराउनु भएकोमा धन्यवादका साथै आगामी खेलका लागि शुभकामना दिनुभयो ।

कार्यक्रममा बोल्दै सानिमाका प्रमुख कार्यकारी अधिकृत श्री भुवन दाहालले सम्पूर्ण नेपाली क्रिकेट टिमलाई बधाइ ज्ञापन गर्दै, सन्दिपसँग बिगत २ वर्षदेखि जोडिन पाउँदा सानिमा परिवार गौरवान्वित भएको ब्यक्त गर्दै बैंकले प्रदान गर्दै आएको रकमलाई सत प्रतिसत बृद्वि गरी थप २ बर्षको लागि प्रायोजन गर्ने कुरा बताउनु भयो ।

कप्तान पारस खड्काले कर्पोरेट क्षेत्रबाट सहयोग भएकाले हाल खेलाडीहरूलाई खेलमा मात्रै ध्यान दिन सहयोग पुगेको, साथै खेल प्रदर्शनमा पनि सुधार आएको बताउनु भयो । त्यसै गरी सन्दिपले सानिमा बैंकको निरन्तर सहयोगका लागि बैंकलाई धन्यवाद व्यक्त गर्दै आगामी खेलमा अझैं राम्रो प्रदर्शन गर्ने वाचा गरेका छन् र क्रिकेट खेलाडी संघ नेपालका अध्यक्ष पवन अग्रवालले, सानिमा बैंकले शुरुवात गरेको क्रिकेट खेलाडीलाई प्रायोजन, अरु कर्पोरेट क्षेत्रले पनि सुरु गरेकोमा बंैकप्रति आभार ब्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *