सानिमा बैंकद्वारा चिप बेस कार्डहरुको सुरुवात

Post Date : December 1, 2016 | 12:49 pm

काठमाडौँ, १६ मङ्सिर । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि चिप प्रविधिमा आधारित डोमेस्टिक डेबिट, क्रेडिट र डलरडेबिट/ट्राभल कार्डहरु यही मंसिर १६, बिहीबारदेखि प्रयोगमा ल्याउँदै छ । यी चिपकार्डहरु ATM तथा POS मेसिनहरुमा कारोबार गर्न अझ सुरक्षित छन् । नयाँ प्रविधिमा आधारित यी चिपकार्डहरुबाट ग्राहकहरुले ढुक्क भई सुरक्षित कारोबार गर्न सक्नेछन् ।

चिप बेस कार्डबाट कारोबार गर्दा यसमा प्रयोग भएको चिपले प्रत्येक कारोबारमा नयाँ कोड सिर्जना गर्ने र सोही कोड पुनः प्रयोग गर्न नसकिने भएकाले कारोबारहरु बढी सुरक्षित हुन्छन् ।

बैंकले छिट्टै डलर क्रेडिट कार्ड जारी गर्ने योजना लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *