सानिमा बैंकद्वारा होम बैंकिङ्ग सेवाको सुरुवात

Post Date : April 13, 2018 | 5:20 pm

काठमाडौँ, ३० चैत । सानिमा बैंकले नयाँ वर्ष २०७५ को उपलक्ष्यमा जेष्ठ नागरिकलाई लक्षित गरी होम बैंकिङ्ग सेवाको शुरुवात गरेको छ । यो सेवा ५८ बर्ष पुगेका नेपाली नागरिकहरुले उपभोग गर्न सक्नेछन् ।

यस अन्तरगत घरमै बसेर बैंकिङ्ग सेवा लिन चाहने जेष्ठ नागरिकहरुले सुविधाजनक तथा झन्झट रहित सेवा लिन सक्नेछन् । यो सेवा विद्युतिय उपकरण (TAB) को प्रयोगबाट सजिलो, सुरक्षित र भरपर्दो रुपमा सानिमा बैंकका कर्मचारी ग्राहकका घर दैलोमानै पुगेर प्रदान गर्नेछन् । यो सुविधा अन्तर्गत खाता खोल्ने ग्राहकलाई बचत र मुद्दतीमा उच्च ब्याजदरका साथै मासिक रुपमा ब्याज भुक्तानी गर्नेछ । जेष्ठ नागरिकका लागि यस प्रकारको प्रविधियुक्त नौलो सुविधा सानिमा बैंकले पहिलो पटक ल्याएको बैंकद्वारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ ।

हाललाई यो सुविधा काठमाडौँ तथा ललितपुर जिल्लामा मात्र उपलब्ध हुने समेत जनाएको छ ।

सानिमा बैंकको हाल ५८ शखा, १ एक्सटेन्सन काउन्टर र ६७ ए.टि.एम. रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *