सानिमा बैंकले १० बराबर ३ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने

Post Date : March 15, 2017 | 8:48 am

काठमाडौँ, २ चैत । सानिमा बैंकलाई १० बराबर ३ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ ।

बैंकले रु.१००/– अंकित दरका १ करोड ५९ लाख १७ हजार ६ सय १७ कित्ता बराबर हकप्रद शेयर निष्काशन गर्न अनुमति मागेको थियो । शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिबिआईएल क्यापिटल लिमिटेड रहेको छ ।

बैंकले २०७३ पुस मसान्तसम्म ५१ अर्ब ७९ करोड १४ लाख रुपैयाँ निक्षेप संकलन र ४६ अर्ब ९२ करोड १७ लाख रुपैयाँ कर्जा प्रवाह गरी २६ करोड ४८ लाख रुपैयाँ खुद मुनाफा गरेको छ ।

त्यस्तै बैंकको निस्क्रिय कर्जा शून्य दशमलब शून्य एक प्रतिशत रहेको छ भने कर्जा निक्षेप अनुपात ७८ दशमलब ६२ प्रतिशत रहेको छ ।

बैंकको हाल चुक्ता पूँजी ५ अर्ब ३० करोड ५८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ४१ करोड ६२ लाख रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *