सानिमा बैंकले १५ प्रतिशत बोनस शेयर दिने

Post Date : September 9, 2016 | 8:10 am

काठमाडौं, २४ भदौ । सानिमा बैंकले आ.व. २०७२/७३ को मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र ०.७९ प्रतिशत (कर प्रयोजन) नगद लाभांश दिने भएको छ । सो निर्णयको राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भएमा शेयरधनीलाई वितरण हुनेछ ।

बैंकले आ.व. २०७२/७३ मा १ अर्ब ४ करोड ५५ लाख ५० हजार रुपैया खुद मुनाफा गरेको थियो । बैंकको चुक्ता पूँजी ४ अर्ब २ करोड २० लाख ३२ हजार रुपैया रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *