सानिमा बैंक र डिएस एण्ड क्लियरिङबीच सम्झौता

Post Date : June 28, 2016 | 1:10 pm

काठमाडौं, १४ असार । सानिमा बैंकले डिएस एण्ड क्लियरिङसँग डिपोजेटरी पार्टिसिपेन्ट सम्झौता गरेको छ । सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेजबहादुर चन्द र सिडिएस एण्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले हस्ताक्षर गर्नु भएको छ ।

उक्त सम्झौता अनुसार शेयर लगानीकर्ताले निकट भविष्यमै सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटलबाट डिम्याट खाता खोल्न सक्ने बैंकले जनाएको छ । सानिमा क्यापिटलले लगानीकर्तालाई स्टेटमेन्ट हेर्न मिल्ने गरी अनलाइन डिम्याट भ्यूसेवा समेत गर्ने र सानिमा बैंकको यो सेवा ४० वटा शाखाबाट उपलब्ध गराउने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *