सानिमा बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता

Post Date : September 5, 2016 | 1:52 pm

काठमाडौं, २० भदौ । सानिमा बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेडले अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली सेवा सम्बन्धी सम्झौता गरेको छ ।

सम्झौतापत्रमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल र नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गर्नु भएको छ । सम्झौता अनुसार क्लियरिङ हाउसले सानिमा बैंकलाई अन्तर बैंक भुक्तानी सेवा संचालनका लागि आईपीएस प्रणाली उपलब्ध गराउने छ ।

यो सम्झौतासँगै राष्ट्र बैंकमा ‘क’ वर्गको वाणिज्य बैंकको रूपमा दर्ता भएका २८ वटा बैंक यस अन्तर बैंक भुक्तानी प्रणालीमा आवद्ध भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *