सानिमा बैंक र सिविआईएल क्यापिटल बिच हकप्रद शेयर निष्कासन गर्ने सम्झौता

Post Date : December 11, 2016 | 6:21 pm

काठमाडौँ, २६ मङ्सिर । सानिमा बैंक लिमिटेडले सि.बि.आई.एल. क्यापिटल लिमिटेडलाई हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । बैंकले गत वार्षिक साधारण सभाबाट ३० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो । बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्द र सि.वि.आई.एल. क्यापिटल लिमिटेडका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत नलिना श्रेष्ठले एक समारोहका बीच आज २०७३ मंसिर २६ गते हस्ताक्षर गरेका छन् ।

यसरी बैंकले शेयरधनीहरुलाई रु.१००।– अंकित दरका १,५९,१७,६१७ कित्ताले हुन आउने १,५९,१७,६१,७००/– (अक्षरेपी रु. एक अर्व उन्नासाठी करोड सत्र लाख एकसाठी हजार सात सय मात्र) बराबरको हकप्रद शेयर निष्कासन गर्दैछ ।

सानिमा बंैकको मेचीदेखि महाकालीसम्म ४१ वटाशाखा संजालतथा ४७ वटा ए.टि.एम रहेका छन् ।

२०७३ आषाढ मसान्तको लेखापरिक्षण गरिएको प्रमुख वित्तीय झलक ः

निष्कृय कर्जा ०.०२%
कर्र्जा निक्षेप अनुपात ७६.०७%
रियल स्टेट कर्जा ९.८५%
खुद तरलता २४.२४%
पँुजीकोष १२.३६%

Leave a Reply

Your email address will not be published. Required fields are marked *