सानिमा बैंक लिमिटेड अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा

Post Date : September 5, 2016 | 5:04 pm

काठमाडौं, २० भदौ । सानिमा बैंकले नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग सम्झौता गरेको छ । यस सम्झौता पत्रमा सानिमा बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दहाल र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अनुसार नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले बैंकलाई अन्तर–बैंक विद्युतिय भुक्तानी सेवा संचालनको लागि NCHL-IPS प्रणाली उपलब्ध गराउने छ । NCHL-IPS प्रणाली जोडिए पश्चात सानिमा बैंकका ग्राहकहरुले कुनै पनि खातामा भुक्तानी लिने (Direct Credit) र दिने (Direct Debit) जस्ता कारोवारहरु पूर्ण रुपमा संचालन गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *