सानिमा लाईफ इन्स्योरेन्सद्वारा विराटनगर, इटहरी र विर्तामोडमा शाखा विस्तार

Post Date : April 30, 2018 | 2:11 pm

काठमाडौँ, १७ वैशाख । सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडले विराटनगर, इटहरी र विर्तामोडमा आफ्नो शाखा विस्तार गरेको छ । यही वैशाख १६ गते मोरङ्ग जिल्लाको विराटनगरमा विधिवत रुपमा शाखा कार्यालयको उद्घाटन सम्पन्न गरेको छ । त्यस्तै वैशाख १५ गते सुनसरी जिल्लाको इटहरी र झापा जिल्लाको विर्तामोडमा शाखा कार्यालयहरूको उद्घाटन भएको छ । उक्त कार्यक्रमहरूमा कम्पनीका संचालक समितिका अध्यक्ष श्री कुमार कोइराला, सद्भावना दुत कलाकार श्री जीतु नेपाल, मुख्य प्रबन्धक श्री गणेश चौलागाइइ, प्रमुख वित्त अधिकृत श्री आर्यक रन्जन बराल लगायत स्थानीय व्यक्तिहरू समेतको उपस्थिति रहेको थियो ।

सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्नो व्यवसायिक लक्ष्य प्राप्तीका लागि देशभरी शाखा सञ्जाल विस्तार गर्ने र जीवन वीमा सेवाबाट वञ्चित अधिकतम नेपालीहरूलाई जीवन वीमाको दायरामा ल्याई अत्याधुनिक स्तरको प्रविधियुक्त जीवन वीमा सेवा प्रदान गर्ने उद्देश्य रहेको समेत जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *