सानिमा लाईफ र गैर आवासीय नेपाली संघबीच सम्झौता

Post Date : May 21, 2018 | 3:27 pm

काठमाडौँ, ७ जेठ । सानिमा लाईफ इन्स्योरेन्स लिमिटेड र गैर आवासीय नेपाली संघ (Non-Resident Nepali Association-NRNA) बीच संस्थाका विश्वभरका सदस्यहरुलाई सुलभ रुपमा आधुनिक स्तरको प्रविधि युक्त जीवन वीमा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा आज एक कार्यक्रमबीच हस्ताक्षर सम्पन्न भएको छ । सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडका सञ्चालक घनश्याम थापा, NRNA का Vice President सपीला राजभण्डारी, NRN NCC Russia का Patron खेमराज लामिछाने लगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा कम्पनीका तर्फबाट नायब महाप्रबन्धक केशव राज के.सी. तथा NRNA का तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा.हेमन्त कुमार दवाडीले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको कुरा प्रेस विज्ञप्तीमार्फत दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *