‘सार्वजनिक निजी साझेदारी केन्द्र्र’ स्थापना गरिने

Post Date : October 19, 2016 | 5:46 pm

काठमाडौँ, ३ कात्तिक । राष्ट्रिय योजना आयोगले सार्वजनिक एवम् निजी क्षेत्रको सहकार्य गर्दै पूर्वाधार विकासलाई अगाडि बढाउने उद्देश्यका साथ ‘सार्वजनिक निजी साझेदारी केन्द्र’ स्थापना गर्ने भएको छ ।

पूर्वाधार विकासमा निजी क्षेत्रको उत्साह बढाउन केन्द्रमार्फत पहल गर्न लागिएको र आगामी एक महिनाभित्र उक्त केन्द्र सञ्चालनमा ल्याइने राष्ट्रिय योजना आयोगका सदस्य डा सुनिलबाबु श्रेष्ठले जानकारी दिनुभयो । आयोगले तयार पारेको खाकाअनुसार एक जना सहसचिवको नेतृत्वमा प्राविधिक, प्रशासन र लेखासम्बन्धी हेर्ने तीन उपसचिवसहितको दरबन्दी स्वीकृत भएर कार्यालय स्थापना गर्ने तयारी अगाडि बढेको छ ।

आयोगले अहिले स्थापना गरेको केन्द्रलाई दीर्घकालीनरुपमा अगाडि बढाएर मुलुकको सडक एवम् ठूला पूर्वाधार योजनामा सरकार र निजी क्षेत्रलाई विकासमा एकीकृत गराउन सकिने सदस्य श्रेष्ठको भनाइ छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *