सासेक सञ्चालन योजना सार्वजनिक

Post Date : November 7, 2016 | 4:36 pm

काठमाडौँ, २२ कात्तिक । सरकारले एसियाली विकास बैंकको सहयोगमा दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोग (सासेक)को नौवर्षे सञ्चालन योजना सार्वजनिक गरेको छ ।

सरकार र उक्त बैंकले कार्य सञ्चालनलाई सरोकारवाला पक्षसम्म पु¥याउने उद्देश्यले राष्ट्रिय परामर्श कार्यशालाको आयोजना गरेर आज उक्त योजना सार्वजनिक गरेको हो । यहाँ आयोजित एक कार्यक्रममा एडिबीका देशीय निर्देशक केनिची योकोयामा र अर्थमन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख बैकुण्ठ अर्यालले अक्त आयोजना सार्वजनिक गर्नुभयो ।

त्यस अवसरमा देशीय निर्देशक योकोयामाले प्रस्तुत कार्ययोजनाले आयात, वाणिज्य व्यापार सहजीकरण र ऊर्जा क्षेत्रलाई उच्च प्राथमिकता दिएको बताउनुभयो ।

महाशाखा प्रमुख एवम् अर्थ मन्त्रालयका सहसचिव अर्यालले सन् २०२२ सम्ममा अतिकम विकसित मुलुकको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने लक्ष्यका साथ सरकारले आर्थिक विकासका गतिविधिलाई उच्च महत्व दिएको बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *