सिटिजन्स बैंकको तेस्रो त्रैमासिकमा खुद मुनाफा ८८ करोड २८ लाख रुपैयाँ

Post Date : April 20, 2017 | 11:52 am

काठमाडौँ, ७ वैशाख । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले चालु आर्थिक वर्ष २०७३/७४ को तेस्रो त्रैमासिकमा ५५ अर्ब ६० करोड ८ लाख रुपैयाँ निक्षेप संकलन र ४७ अर्ब ८० करोड रुपैयाँ कर्जा प्रवाह गरी ८८ करोड २८ लाख ५५ हजार रुपैयाँ खुद मुनाफा गरेको छ । त्यस्तै निस्क्रिय कर्जा १ दशमलब ५५ प्रतिशत छ भने कर्जा निक्षेप अनुपात ६७ दशमलब १७ प्रतिशत रहेको छ ।

बैंकको हाल चुक्ता पूँजी ५ अर्ब ८७ करोड ६४ लाख ४० हजार रुपैयाँ छ भने जगेडा कोषमा २ अर्ब १७ करोड ६१ लाख ७९ हजार रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *