सिटिजन्स बैंकको दमक शाखामा एटिएम

Post Date : May 22, 2017 | 5:58 pm

झापा, ७ जेठ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले दमक शाखामा ५८ औँ एटिएम स्थापना गरी संचालनमा ल्याएको छ । साथै, बैंकले कमलादीस्थित एटिएम स्थानान्तरण गरी नेपाल प्रज्ञा प्रतिष्ठानको पश्चिम ढोकाबाट संचालनमा ल्याएको छ ।

बैंकको आफ्नो ५८ वटा शाखा र ९७ वटा शाखारहित बैंकिङ सेवाबाट करिब ४ लाख १७ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकको हाल उपत्यकाभित्र २९ वटा र उपत्यका बाहिर २९ वटा एटिएम संचालनमा रहेको छ ।

बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को चैत मसान्तमा ८८ करोड २८ लाख ५५ हजार रुपैयाँ खुद मुनाफा गरेको छ । यसै अवधिमा बैंकको चुक्ता पूँजी ५ अर्ब ८७ करोड ६४ लाख ४० हजार रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *