सिटिजन्स बैंकको दाङको गडवामा शाखारहित बैंकिङ्ग सेवा

Post Date : August 22, 2016 | 11:13 am

काठमाडौं, ६ भदौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले दाङको गडवा गाविसमा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले देशका विभिन्न दुर्गमस्थलका बासिन्दालाई सरल, सुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुरयाउने उद्देश्यले शाखा विस्तार गरेको जनाएको छ ।

बैंकको दाङ शाखाका शाखा प्रमुख पवनकाजी खत्रीले सो शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गर्नु भएको थियो ।

बैंकका अनुसार सेवा संचालनका लागि स्थानीय व्यवसायी प्रदीप शर्मालाई व्यवसायिक प्रतिनिधि नियुक्त गरेको हो ।

शाखारहित उक्त बैंकिङ्ग सेवाबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवा संचालन सेवाको भुक्तानी लगायत बैंकले प्रदान गर्नुका साथसाथै अन्य सेवाहरू पनि प्रदान गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *