सिटिजन्स बैंकको वित्तीय साक्षरता कार्यक्रम

Post Date : February 8, 2017 | 12:37 pm

नुवाकोट, २६ माघ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले भूकम्पबाट अति प्रभावित नुवाकोट जिल्लाका लहरेपौवा, कविलाश, थानसिंह र बुधसिंह गाविसमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । डिएफआइडीद्वारा संचालित लुइस बर्जरको सहकार्यमा बैंकले नुवाकोटको चार गाविसमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो । कार्यक्रम विशेष गरी युवा, विद्यार्थी, सीमान्तकृत समुदाय र विप्रेषणमा निर्भर परिवार/महिलालाई लक्षित गरी आयोजना गरिएको थियो ।

कार्यक्रमले ग्राहकहरूलाई बचत र ऋणको सही व्यवस्थापन गरी व्यवसाय संचालन गर्ने, योजनावद्ध रुपमा आफ्नो व्यवसायको तथा परिवारको बजेट निर्माण गरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सहयोग पुरयाउने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *