सिटिजन्स बैंकको १० औँ साधारण सभा सम्पन्न

Post Date : October 3, 2016 | 12:03 pm

काठमाडौं, १७ असोज । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको १० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा बैंकका अध्यक्ष शंकरप्रसाद शर्माले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

बैंकले आर्थिक वर्ष २०७२/७३ मा ४७ अर्ब ३९ करोड ३५ लाख रुपैया निक्षेप संकलन, ४० अर्ब ५६ करोड ७२ लाख रुपैया कर्जा प्रवाह गरी १ अर्ब ८ करोड रुपैया खुद मुनाफा गरेको छ ।

सभाले बैंकको खुद मुनाफामध्येबाट ७५ करोड ६ लाख ७५ हजार रुपैया बराबरको बोनस शेयर र कर तिर्ने प्रयोजनका लागि ३ करोड ९५ लाख ९ हजार रुपैया नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको जारी विज्ञप्तीमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *