सिटिजन्स बैंकको ५९ औँ शाखा मनाङको चामेमा

Post Date : June 20, 2017 | 1:39 pm

मनाङ, ६ असार । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले मनाङ जिल्लामा शाखा संचालनमा ल्याएको छ । बैंकले मनाङको चामेमा २०७४ असार ५ गते सोमबार ५९ औँ शाखा संचालनमा ल्याएको हो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले पूजापाठ गरी सो शाखाको आरम्भ गर्नु भएको छ ।

बैंकले निकट भविष्यमै पाल्पाको छहरा, मकवानपुरको मनोहरी र नवलपरासी जिल्लाको भूमईमा पनि शाखा विस्तार गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *