सिटिजन्स बैंकलाई कर्पोरेट क्ल्यास क्रिकेटको उपाधि

Post Date : March 6, 2017 | 12:41 pm

काठमाडौँ, २३ फागुन । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आईसिएफसी फाइनान्सलाई पराजित गर्दै कर्पोरेट क्ल्यास क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । सिटिजन्स बैंकले ३९ रनको अन्तरले पराजित गरेको हो ।

फाइनल खेलमा टस जितेर ब्याटिङ रोजेको सिटिजन्स बैंकले निर्धारित १२ ओभरमा २ विकेट गुमाई १ सय २१ रन जोडेको थियो । जवाफी ब्याटिङमा उत्रिएको आईसिएफसी फाइनान्सले ११ दशमलब १ ओभरमा ६३ रन बनाई सबै विकेट गुमायो ।

सिटिजन्स बैंकका सुमन पोखरेल प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै प्रतियोगितामा १ सय २१ रन जोडेका आईसिएफसीका अरबिन्द राणा उत्कृष्ट ब्याट्सम्यान र ८ विकेट लिएका बैंक अफ काठमाण्डू लुम्बिनीका गणेश खत्री उत्कृष्ट बलर भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *