सिटिजन्स बैंकले बोनस शेयर दिने

Post Date : August 30, 2016 | 4:06 pm

काठमाडौं, १४ भदौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आ.व. २०७२/७३ को खुद मुनाफा १ अर्ब ८ करोड ९९ लाख १४ हजार रुपैयाबाट २५.७८ प्रतिशत लभांश वितरण गर्ने भएको छ । संचालक समितिको पछिल्लो २१४ औं बैठकले उक्त निर्णय गरेको हो । बैठकले २४.४९ प्रतिशत बोनस शेयर र सोमा लाग्ने करका लागि १.२९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंक आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि वितरण हुने बैंकले जनाएको छ ।

बैंकले आफ्नो चुक्ता पूँजी ३ अर्ब ६५ करोड ६ लाख रुपैयाबाट ३९ करोड ५० लाख रुपैया नगद लाभांश दिने निर्णय गरेको हो ।

बैंकले आ.व. २०७२÷७३ मा ४७ अर्ब ३९ करोड ३५ लाख रुपैया निक्षेप संकलन गरी ४० अर्ब ५६ करोड ७२ लाख रुपैया कर्जा प्रवाह गरेको छ ।

बैंकले अघिल्लो आ.व.को तुलनामा आ.व. २०७२÷७३ मा खुद मुनाफा ४९.९९ प्रतिशतले वृद्धि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *