सिटिजन्स बैंकले राष्ट्रिय ब्याडमिन्टन खेलाडी नङसल तामाङलाई सहयोग गरेको छ

Post Date : July 20, 2016 | 3:32 pm

काठमाडौं, ५ असार । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले राष्ट्रिय व्याडमिन्टन खेलाडि सुश्री नङसल तामाङलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत मासिक रु २५,०००/- (अक्षेरुपी पच्चीस हजार मात्र) उपलब्ध गराउने गरि एक वर्षो सम्झौता गरेको छ । बैंकले यस कार्यलाई आफ्नो सानो सुरुवातको रुपमा लिएको र यस्तो कार्यले अन्य राष्ट्रिय खेलाडिहरुलाई पनि खेलको साथसाथै पेशागत वृत्ति विकासको कार्यमा अघि बढ्न हौसला मिल्ने विश्वास बैंकले लिएको छ ।

राष्ट्रिय खेलाडि नङसलले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलहरुमा भाग लिएकी छिन् र पदकहरु समेत जित्न सफल भएकी छिन् । हालै उनले २०१६ को बाह्रऔैं साउथ एशियन खेलको महिला टिम इभेन्टस् र महिला एकल उपाधिमा काश्य पदक र २०१० को एघारौ साग खेलको महिला टिम इभेन्ट्मा पनि काश्य पदक जित्न सफल भएकी थिईन् ।

उनले राष्ट्रिय पदकहरु- बाह्राै कृष्ण मोहन मेमोरियल व्याडमिन्टन टोर्नामेन्ट २०७२ को महिला एकल र महिला डबल, अन्नपूर्ण् कर्पोरेट व्याडमिन्टन टोर्नामेन्ट २०७२ को महिला एकल, ३६औं राष्ट्रिय व्याडमिन्टन च्यामपियन २०६९ को महिला टिम इभेन्टस्, ९औं कृष्ण मोहन मेमोरियल व्याडमिन्टन टोर्नामेन्ट २०६९ को महिला डबल, चौथौं पुष्पलाल मेमोरियल व्याडमिन्टन टोर्नामेन्ट २०७१ को महिला एकल, छैठौं राष्ट्रिय खेल २०६८ को महिला टिम इभेन्टस्, महिला एकल, महिला डबल र मिक्स डबल, सातौं र आठौं कृष्ण मोहन मेमोरियल व्याडमिन्टन टोर्नामेन्ट २०६७ र २०६८ को महिला डबल र मिक्स डबल, मदन भण्डारी व्याडमिन्टन टोर्नामेन्ट २०६७ को महिला एकल उपाधिहरुमा स्वर्ण पदक जितेकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *