सिटिजन्स बैंकले लाभग्राहीको खाताको अनुदान रकम जम्मा

Post Date : October 1, 2016 | 4:20 pm

काठमाडौं, १५ असोज । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा तोकेको शर्त अनुसार लाभग्राहीको खाता खोलेर जिल्ला विकास समितिद्वारा पठाएको रकम सम्बन्धित लाभग्राहीको खातामा जम्मा गरेको जनाएको छ ।

बैंकले ४ हजार ४ सय ७२ जना लाभग्राहीको खाता खोलेको र जसमध्ये बैंकले जम्मा ३ हजार ६ सय ९१ जना लाभग्राहीको १८ करोड ४५ लाख ५० हजार रुपैया प्राप्त गरिसकेको बैंकद्वारा जारी विज्ञप्तीमा जनाएको छ ।

त्यस्तै, २ हजार ३ सय ८१ जना लाभग्राहीले बैंकबाट रकम लिइसकेको र बाँकी १ हजार ३ सय १० जनाको पनि तत्कालै खाता सक्रिय गराउने बैंकले जनाएको छ ।

बैंकले भूकम्प प्रभावित जिल्ला दोलखाको भिमेश्वर नगरपालिका, काभ्रेको बनेपा नगरपालिका र मकवानपुरको हेटौंडामा रहेको शाखाबाट निजी आवास अनुदान वितरण सम्बन्धी कार्यविधिका आधारमा रकम वितरण गर्दै आएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *