सिटिजन्स बैंकले हकप्रद शेयर निष्काशन गर्ने

Post Date : December 6, 2016 | 3:55 pm

काठमाडौँ, २१ मङ्सिर । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले रु १०० अंकित दरका १ करोड ६८ लाख ४३ हजार ३ सय असी कित्ता अर्थात १ अर्ब ६८ करोड ४३ लाख ३८ हजार रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन तथा बैंकको १० औं वार्षिक साधारण सभाबाट निर्णय भए बमोजिम बैंकले २५ प्रतिशत (१०ः२.५) को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमास (पौष मसान्त) सम्म शेयर निष्काशन गर्ने गरी सानिमा क्यापीटललाई जिम्मा दिएको छ ।

हकप्रद शेयर निष्काशन सम्बन्धी सझौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा सानिमा क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले हस्ताक्षर गर्नु भएको छ ।
हाल बैंकको चुक्ता पूँजी ५ अर्ब ५३ करोड रुपैयाँ छ । हकप्रद शेयर निष्काशन पछि बैंकको चुक्ता पूँजी ६ अर्ब ९२ करोड रुपैयाँ पुग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *