सिटिजन्स बैंकले १० शेयर बराबर २.५ शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने

Post Date : March 22, 2017 | 10:58 am

काठमाडौँ, ९ चैत । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले हाल विद्यमान चुक्ता पूँजी १० बराबर २.५ (१०ः२.५) शेयरको अनुपातमा १ करोड ३८ लाख ४३ हजार ३ सय ७९ कित्ता अर्थात १ अर्ब ३८ करोड ४३ लाख ३७ हजार ९ सय रुपैयाँको हकप्रद शेयर २०७३ चैत २४ गतेदेखि २०७४ बैशाख २७ गतेसम्म बिक्री खुल्ला गरेको छ ।

हाल बैंकको चुक्ता पूँजी ५ अर्ब ५३ करोड ७३ लाख ५१ हजार ७ सय ६१ रुपैयाँ रहेको छ । हकप्रद शेयर निष्काशन पछि बैंकको चुक्ता पूँजी ६ अर्ब ९२ करोड १६ लाख ८९ हजार ६ सय ६१ रुपैयाँ हुनेछ ।

बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म ५२ अर्ब ७४ करोड ९२ लाख रुपैयाँ निक्षेप संकलन गरी ४६ अर्ब ७८ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरी ६३ करोड १६ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । यसै अवधिमा बैंकको निस्क्रिय कर्जा १ दशमलब ३२ प्रतिशत रहेको छ भने कर्जा निक्षेप अनुपात ७९ दशमलब ४० प्रतिशत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *