सिटिजन्स बैंक र बुम रेमिट्यान्सबीच विप्रेषण भुक्तानी सम्बन्धी सम्झौता

Post Date : July 21, 2016 | 12:04 pm

काठमाडौं, ६ साउन । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र बुम रेमिटेन्स कम्पनी प्रा.लि. बिच विप्रेषण भुक्तानी गर्नका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत श्री रामधन श्रेष्ठ तथा बुम रेमिटेन्स कम्पनि प्रा.लि.का प्रबन्ध निर्देशक श्री धिरेन्द्र पन्तले हस्ताक्षर गर्नुभएको छ । यस सम्झौता अनुरुप विदेश तथा स्वदेशमा रहेका नेपालीहरुले बुम रेमिटेन्स कम्पनि प्रा.लि. मार्फत पठाएको रकम यस बैंकका सम्पूर्ण शाखाहरुबाट छिटो, छरितो तथा भरपर्दो रुपमा भुक्तानी पाउन सक्ने छन् ।

यस अघि पनि बैंकले स्वदेशका विभिन्न विप्रेषण कम्पनीहरुसंग सहकार्य गरि आफ्नो सम्पर्ण् शाखाहरुबाट वेस्टर्न यूनियन, मनिग्राम, आइ.एम.इ, प्रभु मनि, हिमाल रेमिट, सिटि एक्सप्रेस, रिलायबल रेमिट, जे.एम.इ, नेपाल रेमिट, इजिलिङ्क, बेष्ट रेमिट, पृथ्वि एक्सप्रेस, सम्सारा, सेवा एक्सप्रेस, सिजि मनि र आइपे रिलायबल बाट आएको विप्रेषण रकमको भुक्तानी गर्दै आइरहेको छ । यसका साथ साथै बैंकले निकट भविष्यमा पनि अन्य विभिन्न मुलुकमा रहेको विभिन्न विप्रेषण कम्पनीहरुसँग सम्झौता गरि विप्रेषण सेवालाई विस्तार गर्दै लैजाने योजना राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *