सिटिजन्स बैंक र बेलायतको क्यास्को फाइनान्सियल सर्भिसेजबीच रेमिट्यान्स सम्झौता

Post Date : February 8, 2017 | 12:49 pm

काठमाडौँ, २६ माघ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र बेलायतको क्यास्को फाइनान्सियल सर्भिसेजबीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामधन श्रेष्ठ र क्यास्को फाइनान्सियल सर्भिसेजका संचालक ज्याक ब्रियन्टले हस्ताक्षर गर्नु भएको छ ।

सम्झौतापछि क्यास्कोमार्फत संयुक्त अधिराज्यलगायत युरोपिय मुलुकबाट पठाएको रेमिट्यान्स रकम सहज रुपमा सिटिजन्स बैंकको मुलुकभर रहेको ५८ वटा शाखा र ३ हजारभन्दा बढी सहायक प्रतिनिधिहरूबाट भुक्तानी पाउन सकिने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *