सिटिजन्स बैंक र राम्रो रेमिटबीच रेमिट्यान्स सम्झौता

Post Date : June 22, 2017 | 3:21 pm

काठमाडौँ, ८ असार । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र राम्रो रेमिटबीच रेमिट्यान्स कारोवार सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा बैंकका प्रमुख संचालन अधिकृत पारसकुमार काफ्ले र राम्रो रेमिटका प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले हस्ताक्षर गर्नु भएको छ ।

सम्झौतापछि राम्रो रेमिटमार्फत विभिन्न स्थानहरूबाट पठाइएको रकम सिटिजन्स बैंकका सम्पूर्ण शाखाहरूबाट छिटो, छरितो तथा भरपर्दो रूपमा भुक्तानी लिन सकिनेछ ।

यसअघि सिटिजन्स बैंकले वेष्टर्न युनियन, मनिग्राम, आईएमई, प्रभु मनि, हिमाल रेमिट, सिटी एक्सप्रेस, रिलायबल रेमिट, जेएमई रेमिट, नेपाल रेमिट, ईजिलिङ्क, बेष्ट रेमिट, पृथ्वी एक्सप्रेस, संसारा, सेवा एक्सप्रेस, सिजी मनी, आइ पे, रिलायबल, बुम रेमिट, ओभरसिज रेमिट र सिजी फिन्कोबाट आएको रेमिट्यान्स रकमको भुक्तानी पनि गरिरहेको छ ।

बैंकले अन्य रेमिट्यान्स कम्पनीसँग सम्झौता गर्दै यस सेवालाई विस्तार गर्दै लैजाने योजना रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *