सिटिजन्स बैंक र सूर्या लाइफबीच सम्झौता

Post Date : May 7, 2017 | 4:57 pm

काठमाडौँ, २४ वैशाख । सिटिजन्स बैंक र सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्ससम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारी र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गर्नु भएको छ ।

सम्झौतापछि सिटिजन्स बैंकका ग्राहकले कुनै पनि शाखाबाट बैंकिङ सेवाका अतिरिक्त आफ्नो जीवन बीमा गर्न र सोको प्रिमियम रकम छिटो, छरितो र सहज रूपमा बुझाउन, बीमा लेख लिन, दाबी भुक्तानी लगायतका सम्पूर्ण बीमा लिन सक्ने बैंकले जनाएको छ । यस सेवाबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *