सिटिजन बैंकको बिक्री नभएका शेयर बोलकबोलबाट बिक्री गर्ने

Post Date : September 6, 2016 | 3:44 pm

काठमाडौं, २१ भदौ । सिटिजन बैंक इन्टरनेशनल लिमिटेडको बिक्री नभएका शेयरको बोलकबोल (गोप्य शिल्ड टेण्डर) को माध्यमबाट बिक्री गर्न लागेको छ । बैंकको बिक्री नभएका संस्थापक शेयर ७७ हजार ६ सय ७६ र सर्वसाधारण शेयर ६ लाख २८ हजार ४१ कित्ता २०७३ भाद्र २४ गते देखि २०७३ भाद्र ३१ गते सम्म वोलपत्र पेश गरिसक्नु पर्नेछ ।

न्युनतम प्रति शेयर सय रुपैया तोकिएको छ । बोलपत्र सिटिजन बैंक इन्टरनेशनल लिमिटेडको प्रधान कार्यालय, शारदा सदन कमलादी, काठमाडौं वा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड, राष्ट्रिय नाचघर, जमल, काठमाडौंमा बुझाउन सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *