सिटिजन बैंक र जापानको ओभरसिज रेमिटबीच सम्झौता

Post Date : September 22, 2016 | 6:16 pm

काठमाडौं, ६ असोज । सिटिजन बैंक ईन्टरनेशनल लिमिटेड र ओभरसिज रेमिट प्रा.लि. बीच रेमिटेन्स भुक्तानी सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामधन श्रेष्ठ र ओभरसिज रेमिटका प्रतिनिधी निर्जेशकद्वय भुषण घिमिरे तथा रोशन के.सी.ले हस्ताक्षर गर्नू भएको छ ।

सम्झौता पछि जापानमा रहेका नेपालीले स्वदेशमा रहेका आफन्तलाई ओभरसिज रेमिट मार्फत पठाएको रकम बैंकका सम्पूर्ण शाखा तथा बैंकका देशभर रहेका एजेन्टबाट छिटो र छरितो भुक्तानी पाउने बैंकले जनाएको छ ।

बैंकले निकट भविष्यमा अन्य मुलुकमा रहेका रेमिटेन्स कम्पनीसँग सहकार्य गरी रेमिटेन्स सेवा बिस्तार गर्दै लैजाने योजना रहेको जनाएको छ ।

बैंकले गत आर्थिक वर्ष २०७२।७३ मा ४७ अर्ब ३९ करोड ३५ लाख रुपैया निक्षेप संकलन, ४० अर्ब ५६ करोड ७२ लाख रुपैया कर्जा प्रवाह गरी १ अर्ब ८ करोड ९९ लाख रुपैया खुद मुनाफा गरेको छ । बैंकको चुक्ता पूँजी भने ३ अर्ब ६५ करोड रुपैया रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *