सिटिजन बैंक र सिजी फिन्कोबीच बिप्रेषण सम्बन्धी सम्झौता

Post Date : January 27, 2017 | 3:54 pm

काठमाडौँ, १४ माघ । सिटिजन बैंक इन्टरनेशनल लिमिटेड र सिजी फिन्कोबीच आन्तरिक बिप्रेषण कारोवारको लागि सम्झौता भएको छ । सम्झौतापत्रमा बैंंकका नायब प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र सिजी फिन्कोका महाप्रबन्धक नरबहादुर के.सी.ले हस्ताक्षर गर्नु भएको छ ।

सम्झौतापछि सिजी फिन्कोमार्फत प्राप्त आन्तरिक बिप्रेषण बैंकका सम्पूर्ण शाखाबाट भुक्तानी पाउन सकिने जनाएको छ ।

बैंकले निकट भविष्यमा पनि अन्य विभिन्न देशमा रहेको बिप्रेषण कम्पनीसँग सहकार्य गरी बिपे्रषण सेवा विस्तार गर्दै लैजाने योजना रहेको समेत जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *