सिटी एक्सप्रेस र स्मल वर्ल्ड बीच सम्झौता

Post Date : April 12, 2017 | 5:31 pm

काठमाडौँ, ३० चैत । सिटी एक्सप्रेस मनि ट्रान्सफर र स्मल वर्ल्ड मनि ट्रान्सफर (एलसिसी ट्रान्स सेन्डिङ) बीच विप्रेषण रकम भुक्तानी सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापछि युरोप र अमेरिकाबाट नेपालीले पठाएको रकम सिटी एक्सप्रेसका कुनै पनि भुक्तानी काउण्टरबाट विदेशबाट पठाएको विप्रेषण रकम भुक्तानी रकम सहजै प्राप्त गर्न सकिनेछ । सिटी एक्सप्रेसको नेपालभर ५,००० भन्दा बढी भुक्तानी काउण्टर रहेका छन् ।

सिटी एक्सप्रेसले हालै जापान, सादी अरेबिया, कतारका साथै विभिन्न देशहरूबाट नेपालमा विप्रेषण भित्र्याउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *