सिद्घार्थ डेभलपमेन्ट बैंकले २०७४ असारसम्म चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैया पुरयाउने

Post Date : December 11, 2016 | 6:00 pm

काठमाडौँ, २६ मङ्सिर । सिद्घार्थ डेभलपमेन्ट बैंकको १७ वार्षिक साधारण सभाले २४ प्रतिशत बोनस शेयर वितरण गर्ने र बोनस शेयर वितरण पछि ६० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको छ ।

हाल बैंकको चुक्ता पूँजी १ अर्ब ४१ करेड ९१ हजार रुपैयाँ रहेको छ । यसमा २४ प्रतिशत बोनस शेयर वितरण पछि बैंकको चुक्ता पूँजी १ अर्ब ७५ करोड ९७ लाख रुपैयाँ पुग्नेछ । साधारण सभाको निर्णय अनुसार ६० प्रतिशतले हुन आउने १ अर्ब ५ करोड ५८ लाख रुपैयाँ हकप्रद शेयर निष्काशन पछि बैंकको चुक्ता पूँजी २ अर्ब ८१ करोड ५६ लाख रुपैयाँ पुग्नेछ ।

नेपाल राष्ट्र बैंकले २०७४ असार मसान्तसम्म राष्ट्रिय स्तरको विकास बैंकलाई २ अर्ब ५० करोड रुपैयाँ पुरयाउन दिएको निर्देशन अनुसार सिद्घार्थ डेभलपमेन्ट बैंकले सजिलै पुरयाउने देखिन्छ ।

साधारण सभामा बैंकको शेयर धनीहरुले बैंकको नाम परिवर्तन गर्ने प्रस्ताव अस्विकार गरेका छन् । संचालक समितिले बैंकको नाम परिवर्तनका लागि स्टेट डेभलपमेन्ट बैंक, बुद्ध डेभलपमेन्ट बैंक, नेपाल एसोसिएसन डेभलपमेन्ट बैंक, एकता डेभलपमेन्ट बैंक, ओजस्वी डेभलपमेन्ट बैंकमध्ये कुनै एक नाम स्वीकृतिको लागि प्रस्ताव गरेको थियो ।

नेपाल राष्ट्र बैंकले अन्य बैंक तथा वित्तिय संस्थाको नाम मिल्दोजुल्दो देखिएको र सर्वसाधारणमा भ्रम पर्ने भएकोले पहिलो साधारण सभाबाट निर्णय गराई नाम परिवर्तन गर्नका लागि निर्देशन दिएको थियो ।

देशको पाँचै विकास क्षेत्रमा ३३ वटा शाखा संजाल रहेको बैंकले जनाएको छ । देशको मध्य तथा पूर्वी भागमा चालु आर्थिक बर्ष २०७३।७४ मा ८ स्थानममा शाखा कार्यलय स्थापना गर्न नेपाल राष्ट्र बैंकबाट स्वकिृति प्राप्त गरिसकेको समेत बैंकले जनाएको छ ।

बैंकले चालु आर्थिक बर्ष २०७३।७४ को पहिलो त्रैमाससम्ममा १२ अर्ब ६५ करोड ६७ लाख ४४ हजार रुपैयाँ निक्षेप संकलन र ११ अर्ब ११ करोड ८ लाख ३० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । निष्कृय कर्जा ३.२१ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *