सिद्धार्थ इन्स्योरेन्सको शाखा राजविराजमा

Post Date : February 26, 2017 | 11:14 am

काठमाडौँ, १५ फागुन । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले सप्तरीको राजविराजमा शाखा स्थापना गरी संचालनमा ल्याएको छ । शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई र सिद्धार्थ इन्स्योरेन्सका संचालक दिव्यकुमार अधिकारीले संयुक्त रूपमा गर्नु भएको छ । यो ३० औँ शाखा हो ।

सिद्धार्थ इन्स्योरेन्सले आर्थिक वर्ष २०७३/७४ भित्र ४० वटा शाखा स्थापना गर्ने लक्ष्य लिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *