सिद्धार्थ बैंकको इएमभी चिप कार्ड संचालनमा

Post Date : February 8, 2017 | 11:49 am

काठमाडौँ, २६ माघ । सिद्धार्थ बैंकले सेवा प्रदान गर्दै आएको डेबिट, क्रेडिट र प्रिपेड कार्डहरूलाई स्तरोन्नति गरी इएमभी चिप कार्डका रूपमा संचालनमा ल्याएको छ । अब बैंकले ग्राहकवर्गलाई चिप कार्ड उपलब्ध गराउनुका साथै हाल संचालनमा रहेका म्याग्नेटिक स्ट्राइप डेबिट, क्रेडिट र प्रिपेड कार्डलाई पनि इएमभी चिप कार्डले प्रतिस्थापन गर्नेछ ।

यस कार्डले नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने र विद्युतीय कारोबारलाई थप सरल र सुरक्षित बनाउनेमा बैंक विश्वस्त रहेको बैंकद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

हाल ग्राहकको सेवा र सुविधाका लागि ८३ वटा एटिएम, एउटा मोबाइल एटिएम र १ सय ५० वटा भन्दा बढी पिओएस मेसिनद्वारा सेवा दिँदै आएको पनि बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *