सिद्धार्थ बैंकको युएनओ क्रेडिट कार्ड

Post Date : May 2, 2017 | 4:06 pm

काठमाडौँ, १९ वैशाख । सिद्धार्थ बैंकले युएनओ इन्टरनेट भेन्चरसँगको सहकार्यमा सिद्धार्थ युएनओ क्रेडिट कार्ड संचालनमा ल्याएको छ ।

बैंकले सिद्धार्थ भिसा क्रेडिट कार्ड र युएनओ डिस्काउण्ट कार्डा विभिन्न विशेषता समावेश गरी संचालनमा ल्याइएको सिद्धार्थ युएनओ क्रेडिट कार्डका ग्राहकले युएनओका देशभर रहेका ३५० भन्दा बढी साझेदार केन्द्रहरूमा वस्तु तथा सेवा खरिद भुक्तानी गर्दा १० प्रतिशतदेखि ४० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

सिद्धार्थ बैंकको हाल ८५ एटिएम, १ मोबाइल एटिएम र ७० शाखारहित बैंकिङ सेवा केन्द्र र २५० भन्दा बढी पिओएस मेसिनद्वारा सेवा प्रदान गर्दै आएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *