सिद्धार्थ बैंकले जापानबाट नेपालमा कारोबार गर्ने सेवा सुरु

Post Date : May 7, 2016 | 8:44 pm

सिद्धार्थ बैंकले जापानबाट नेपालमा सिधै रकम पठाउन तथा कारोबार गर्न सकिने सन्देश दिनका लागि “नेपाली साँझ” नामक साँस्कृतिक कार्यक्रम टोकियोस्थित नाकानो जिरो हलमा गरेको छ ।

सो कार्यक्रममा जापानका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारी, गैर आवासीय नेपाली संघ (एनआरएन) का उपाध्यक्ष भवन भट्ट, सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, सिद्धार्थ रेमिट जापानका संचालक मेघराज नेपाल, बाबुराम भण्डारी, सुदन थापा, क्विन्ची क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सिन्बो हुनान लगायत ९ जनाले संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो ।

सो कार्यक्रममा मनोज गजुरेल, रिचा शर्मा, अर्जुन घिमिरे, कुमार कट्टेल, दिव्या नेपाल, निमा रुम्बा, काजल गुरुङ लगायत कलाकारले भाग लिनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *