सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ बैंक स्मार्ट’ मोबाइल बैंकिङ एप्लिकेसन

Post Date : October 21, 2016 | 1:38 pm

काठमाडौं, ५ कार्तिक । सिद्धार्थ बैंकले ग्राहकवर्गलाई थप स्तरीय सेवा दिने उद्देश्यले ‘सिद्धार्थ बैंक स्मार्ट’ मोबाइल बैंकिङ एप्लिकेसन सार्वजनिक गरेको छ । एप्लिकेसन सरल, स्तरीय र सुरक्षित भएकोले ग्राहकले बैंक खातामा रहेको आफ्नो रकम आफूले चाहेजति उपयोग गर्न सक्ने बैंकले जनाएको छ । एप्लिकेसनबाट इन्स्योरेन्स प्रिमियमको भुक्तानी विद्यालय शुल्क भुक्तानी, फोन पे मेम्बर बैंकबीच अन्तर बैंक कारोवार गर्न, बैंकको आफ्नो खाताबाट अर्को कुनै खातामा रकम जम्मा गर्ने आदि लगायतका सुविधा रहेको पनि बैंकले जनाएको छ ।

स्मार्ट मोबाइल बैंकिङ एप्लिकेसन आइओएस प्रयोगकर्ताले एपलस्टोरबाट र एन्ड्रोइड प्रयोगकर्ताले प्लेस्टोरबाट डाउनलोड गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *