सिद्धार्थ बैंकले ल्यायो ‘१८० दिने मुद्दती खाता’ योजना

Post Date : October 24, 2016 | 2:09 pm

काठमाडौं, ८ कार्तिक । सिद्धार्थ बैंकले निक्षेपमा आकर्षक प्रतिफल दिने उद्देश्यले ‘सिद्धार्थ १८० दिने मुद्दती खाता’ संचालनमा ल्याएको छ । छोटो अवधिको उक्त खातामा आकर्षक ७.५ प्रतिशत ब्याजदर प्रदान गरिने बैंकले जनाएको छ ।

बैंकले आफ्ना ६४ शाखा, ८१ एटिएम र ६६ वटा शाखारहित बैंकिङ्ग सेवामार्फत ग्राहकवर्गलाई उच्चस्तरीय बैंकिङ्ग सेवा दिँदै आइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *